Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

Secretariat of Nepal Hajj Committee

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

Secretariat of Nepal Hajj Committee

Tuesday, Ashadh 09, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Main functions of Nepal Haj Committee according to Nepal Haj Committee Procedure, 2015

2077-11-16

2077-11-16


  1. हज र उमरा सम्बन्धमा सूचनाहरु संकलन गर्ने, आवश्यक नीतिर कार्य योजनाहरु बनाउने तथा त्यसको कार्यान्वयन गर्ने ।
  2. हज र उमरा यात्रुहरुको कोटा निर्धारण र यात्रु व्यवस्थापन सम्बन्धमा साउदी अरबको सरकारसँग प्रत्येक बर्ष गर्नुपर्ने हज सम्बन्धी सम्झौता सम्पन्न गर्न आवश्यक कार्यहरु गर्ने गराउने।
  3. हज र उमरा यात्राको लागि सूचना आह्‍वान गर्ने, हज यात्रामा लाग्ने कूल खर्च यकीन गर्ने र यसको प्रचार-प्रसार राष्ट्रिय स्तरमा गरेर आवेदन फाराम र लाग्ने रकम जिल्ला प्रशासन कार्यालयहरु मार्फत संकलन गर्ने।
  4. प्राप्त कोटाको आधारमा हजयात्रुहरुको छनौट गर्ने।
  5. हज र उमरायात्रुहरुको प्रवेशाज्ञा एवं साउदी अरबको मक्‍का मदिनामा आवासको व्यबस्था मिलाउन आवश्यक सहयोग गर्ने।
  6. हज र उमरायात्रुहरुको लागि हवाई टिकटको बन्दोबस्त गर्ने।
  7. समितिको निमित्त बार्षिक बजेट तथा कार्यक्रम तयार गरी मन्त्रालयमा स्वीकृतिको निमित्त पठाउने।
  8. हज र उमरा यात्रीको टोलीमा चिकित्सक सहितको टोली समावेश गर्ने।
  9. हज र उमरायात्रीहरुको रेखदेख र व्यवस्थापनको लागि हज प्रतिनिधिमण्डल पठाउने।
  10. हज र उमरायात्रीहरुको हज वा उमरा यात्रा सहज बनाउन आवश्यक अभिमुखीकरण, गोष्ठी, तालिम आदि संचालन गर्ने र जानकारी मूलक पुस्तिका, पम्पलेट, ब्रोसर आदि प्रकाशित गर्ने।
  11. प्रस्थानको समयमा हजयात्रुहरुको स्वास्थ्य जाँ, खोप र विदेशकी मुद्रा सटही सम्बन्धमा आवश्यक सहयोग र समन्वय गर्ने।
  12. हज र उमरा गृह निर्माणको लागि आवश्यक साधन स्रोत जुटाई आवश्यक कार्य अघि बढाउने।
  13. हज र उमरायात्री, समितिका सदस्यहरु र हज प्रतिनिधिमण्डलका सदस्यहरुको लागि आचारसंहिता तयार गरी लागू गर्ने।   
  14. हज र उमरा सम्बन्धी कामलाई व्यवस्थित बनाउन आवश्यक अन्य काम गर्ने।

Last Updated : 2083-02-22 13:16:16

© All Rights Reserved to Secretariat of Nepal Hajj Committee .