Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

नेपाल हज समितिको सचिवालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

नेपाल हज समितिको सचिवालय

मंगलवार, भाद्र १६, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

हाम्रो बारेमा

इस्लाम धर्मका पाँच आधारस्तम्भहरू मध्ये हज  एक हो । ईस्लाम परम्परा अनुसार हज शब्दको अर्थ धार्मिक यात्रा गर्नु भन्ने हुन्छ । इमान, नमाज र रोजा यी तीन कार्यहरू सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूको लागि अनिवार्य शर्त हो भने वर्षमा एक पटक जकात र जीवनमा एक पटक हज आर्थिकरूपमा सक्षम व्यक्तिको लागि मात्र अनिवार्य हो । जुन व्यक्तिले हजयात्राका लागि आवश्यक खर्च सहज तवरले जुटाउन सक्छ त्यस्तो व्यक्तिका लागि मात्र हज अनिवार्य हुनेछ । हजयात्रालाई विश्वकै सबैभन्दा ठूलो धार्मिक भेलाको रूपमा लिइन्छ । विश्वभरबाट इस्लाम धर्मावलम्बीहरू हजका लागि साउदी अरबको मक्का जाने गर्दछन् । मक्का र मदिना ऐतिहासिक तथा पवित्र सहर हुन् । नेपालमा वि.सं. २०२१ बाट आधिकारिक रूपमा हज समिति गठन गरी समितिका पदाधिकारीहरूको नेतृत्वमा भारतको बम्वईबाट पानी जहाज मार्फत हजयात्रा गर्ने गरिएको अभिलेखमा भेटिन्छ । वि.सं.२०६६ सालमा हजयात्रालाई अझ व्यवस्थित रमर्यादित बनाउन केन्द्रीय हज समिति कार्यविधि,२०६६ तर्जुमा गरिएको पाइन्छ। सो अगाडि हज समिति गठन तथा सञ्चालनका लागि छुट्टै कार्यविधि नभई केवल हजका समयमा मात्र पदाधिकारीहरू नियुक्ति गरी जिम्मेवारी दिइने गरिएको पाइन्छ । पछि गएर नेपाल हज समिति कार्यविधि, २०७२ तर्जुमा गरी हज व्यवस्थापन सम्बन्धी कार्यसम्पादन गर्दै आएको पाईन्छ भने हाल नेपाल हज समिति (गठन तथा सञ्चालन) आदेश, २०८२ बमोजिम हज व्यवस्थापन सम्बन्धी सम्पूर्ण काम कारवाही हुँदै आईरहेका छन् ।

नेपालबाट  हुने हजयात्राको अवधि पहिले ४५ दिन हुने गरेकोमा हाल ३२ दिनको हुने गरेको छ । नेपालबाट हुने हजयात्रा व्यवस्थापन सम्बन्धी कार्य सामान्यतः श्रावण/भदौ महिनाबाट सुरु हुन्छ । साउदी अरब सरकारको हज तथा उमरा मन्त्रालयबाट प्राप्त कोटा तथा प्रक्रिया अनुसार हजयात्राको व्यवस्थापन कार्य सञ्चालन हुने गर्दछ । हजयात्राको लागि हुने कोटा निर्धारण देशको इस्लाम धर्म मान्ने जनसंख्याका आधारमा गर्ने गरिन्छ । साउदी अरब सरकारको नियम अनुसार सामान्यत कुनैपनि देशमा इस्लाम धर्म मान्ने जनसंख्याको ०.१ प्रतिशत कोटा त्यस देशको लागि निर्धारण गर्ने गरिन्छ । 

नेपालबाट हुने हजयात्रा सम्बन्धमा हजयात्रुको आवेदन संकलन,छनोट, यात्रा व्यवस्थापन लगायत सम्पूर्ण कार्यहरू नेपाल हज समितिबाट हुने गर्दछ । नेपाल हज समितिले हरेक वर्ष नेपाली हजयात्रीहरूलाई साउदी अरब स्थित मक्‍का र मदिनाको पवित्र तिर्थयात्रा सम्पन्‍न गराउने कार्यको संयोजन तथा व्यवस्थापन गर्दै आएको छ । प्रत्येक वर्ष साउदी अरबको परिवर्तित नियम तथा व्यवस्था, हज भिसा प्रणाली (मसार नुसुक प्रणाली), गुणस्तरीय सेवाको अपेक्षा समेतलाई मध्येनजर गर्दै हज व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्य राखिएको हुन्छ ।


Per Page
Loading हाम्रो बारेमा ...

पछिल्लो अपडेट गरिएको : 2083-05-10 11:54:08

© सर्वाधिकार सुरक्षित नेपाल हज समितिको सचिवालय