|
१
|
हजयात्रा आवेदन
|
- नेपाल हज समितिको सचिवालयबाट तोकिएको फराम अनुसारको विवरण भरेको,
- नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
- राहदानी (नावालकको हकमा नावालक परिचयपत्र) को प्रतिलिपि,
- हालसालै खिचेको फोटो २ (दुई) प्रति,
- महिला आवेदकको हकमा मेहरमसँगको नाता खुल्ने कागजात, नेपाली नागरिकता प्रमाणपत्र र राहदानी प्रतिलिपि,
- ७५ वर्ष वा सो भन्दा माथी उमेर भएका व्यक्तिको साथमा जाने सहयोगीको नेपाली नागरिकता प्रमाणपत्र र राहदानीको प्रतिलिपि,
- हजयात्रुको नाममा भएको बैंक खाताको विवरण ।
|
माग भए अनुसारको कागजात प्राप्त भए तत्कालै
|
रू.१० को हुलाक टिकट
|
जिल्ला प्रशासन कार्यालय /ईलाका प्रशासन कार्यालयले तोकेको सम्पर्क व्यक्ति वा सम्बन्धित कर्मचारी/शाखा
|
प्रमुख जिल्ला अधिकारी/ईलाका प्रशासन प्रमुख तथा सदस्य सचिव नेपाल हज समितिको सचिवालय
|
|
|
२
|
हजयात्रु छनौटको जानकारी
|
- छनौट भएको जानकारी सम्वन्धित व्यक्तिको मोवाईल नम्वर( नेपाल टेलिकमको GSM) मार्फत जानकारी गराईनेछ ।
- छनौटको जानकारी नेपाल हज समितिको सचिवालयको फोन नं.०१-४२१११०४ र ०१-४२१११७२ बाट समेत प्राप्त गर्न सकिनेछ ।
- नेपाल हज समितिको सचिवालयको वेवसाईट nepalhajj.moha.gov.np मा समेत छनौट भएका व्यक्तिहरुको नामावली प्रकाशन गरिनेछ ।
- सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा ईलाका प्रशासन कार्यालयबाट समेत छनौटको जानकारी प्राप्त गर्न सकिनेछ ।
|
नेपाल हज समितिबाट निर्णय भएको एक दिन भित्र
|
निःशुल्क
|
- नेपाल हज समितिको सचिवालयको प्रशासन शाखाका नायब सुब्बा वा कम्प्युटर अपरेटर
- जिल्ला प्रशासन कार्यालय/ईलाका प्रशासन कार्यालयका हज सम्पर्क व्यक्ति
|
- छनौटको जानकारीका सम्वन्धमा नेपाल हज समितिको सचिवालयका सदस्य सचिव
- छनौटका सम्वन्धमा नेपाल हज समितिको अध्यक्ष
|
|
|
३
|
हजयात्राका लागि शुल्क निर्धारण
|
हजयात्रुहरुको लागि निम्न शिर्षकमा लाग्ने खर्च नेपालको हकमा सार्वजनिक खरिद प्रक्रिया तथा साउदी अरवको हकमा सार्वजनिक खरिद प्रक्रिया र साउदी अरव सरकारको नियमअनुसार शुल्क रकम एकिन गरिनेछ ।
- हवाई टिकट
- साउदी अरबमा लाग्ने आवास खर्च र खाना खर्च
- परिवहन खर्च
- भिसा शुल्क
- मोअल्लिम दस्तुर
- दुर्घटना विमा शुल्क
|
- नेपाल हज समितिको वार्षिक Operational Calendar अनुसार
|
नेपाल हज समितिबाट निर्णय भएअनुसार
|
|
- गृह मन्त्रालय
- नेपाल हज समिति
|
|
|
४
|
हजयात्राको लागि शुल्क बुझाउने
|
- नेपाल हज समितिको निर्णय अनुसार एकीन गरिएको शुल्क रकम नेपाल हज समितिको सचिवालयबाट तोकिएको बैकमा जम्मा गरी सो को सक्कल भौचर हजयात्राको आवेदन दिएको निकाय (जिल्ला प्रशासन वा ईलाका प्रशासन कार्यालय) मा पेश गर्ने ।
|
|
नेपाल हज समितिको सचिवालयवाट प्रकाशित सूचनामा उल्लेख भएअनुसार
|
- जिल्ला प्रशासन /ईलाका प्रशासन कार्यालयले तोकेको कर्मचारी/शाखा
|
- प्रमुख जिल्ला अधिकारी वा ईलाका प्रशासन प्रमुख
|
|
|
५
|
खोप व्यवस्थापन
|
- साउदी सरकारले तोके बमोजिमको खोप नेपाल हज समितिको सचिवालयले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको समन्वयमा हज यात्रा अगावै सबै हजयात्रुहरुलाई लगाईनेछ । यस कार्यका लागि हजयात्रुहरुले हजयात्राका लागि छनौट भएको प्रमाण साथमा राख्नुपर्नेछ ।
|
- हज यात्रा गर्नु अगावै नेपाल हज समितिको सचिवालयले तोकेको समयमा
|
निःशुल्क
|
- सदस्य सचिव तथा स्वास्थ्य मन्त्रालयको प्रतिनिधि
|
- नेपाल हज समितिको अध्यक्ष तथा सदस्य सचिव
|
|
|
६
|
प्राथमित स्वास्थ्य उपचार
|
- साउदी अरबमा रहँदा हज यात्रुलाई कुनै स्वास्थ्य समस्या भएमा तत्काल हज प्रतिनिधि मण्डल तथा चिकित्सक टोलीलाई जानकारी गराउनु पर्नेछ ।
|
|
निःशुल्क
|
- हज प्रतिनिधि एवं चिकित्सक
|
|
|
|
७
|
हजयात्रुको लागि मक्का मदिनाका लागि आतेजाते हवाई टिकट व्यवस्थापन
|
- हजयात्रुहरुवाट संकलित शुल्क रकमबाट सार्वजनिक खरिद प्रक्रिया पूरा गरी हवाई टिकट खरिद गरिने ।
|
- नेपाल हज समितिको वार्षिक Operational Calendar अनुसार
|
सार्वजनिक खरिद प्रक्रिया अनुसार एकीन भएअनुसार
|
- नेपाल हज समिति अध्यक्ष/सदस्य सचिव
|
|
|
|
८
|
चिकित्सक छनौट
|
- चिकित्सक छनौटका लागि सूचनामा उल्लेख भएअनुसारको ढांचाको निवेदन
- इस्लाम धर्मावलम्बी भएको
- अरबी/उर्दु भाषा जानेको,
- चिकित्सकको हकमा MBBS वा सोभन्दा माथिको शैक्षिक योग्यता भई नियामक निकायमा दर्ता भएको र कम्तिमा पछिल्लो २ वर्षदेखी निरन्तर उपचारमा संलग्न रहेको प्रमाण,
- चिकित्सक सहयोगीको हकमा HA/Staff Nurse/ANM वा सरहको शैक्षिक योग्यता भई नियामक निकायमा दर्ता भएको र कम्तीमा पछिल्लो ५ वर्षदेखी निरन्तर उपचारमा संलग्न रहेको प्रमाण
|
- नेपाल हज समितिको सचिवालयबाट प्रकाशित सूचनाअनुसार
|
नेपाल हज समितिको सचिवालयबाट प्रकाशित सूचनामा उल्लेख भएअनुसार
|
नेपाल हज समिति
|
- गृह मन्त्रालय
- नेपाल हज समिति
|
|
|
९
|
स्वयंसेवक छनौट
|
साउदी अरबको लागि:
- स्वयमसेवक छनौटका लागि तोकिएको ढांचाको निवेदन
- मक्का मदिनामा बाटोघाटो, धार्मिक क्षेत्र लगायत स्थानीय वस्तुस्थितिका बारेमा बुझेको र हाल साउदी अरबमा वसोवास भएको नेपाली नागरिक,
- इस्लाम धर्मावलम्बी भएको
- नेपाली नागरिकता वा राहदानीको प्रतिलिपी
- अङ्ग्रेजी, अरबी र उर्दु भाषा जानेको,
- हजत्राया सम्बन्धी ईतिहास तथा धार्मिक कुराहरू जानकार भएको,
- विगतमा स्वयमसेवकको रुपमा कार्य गरिसकेका व्यक्तिहरुलाई विशेष प्राथमिकता दिईने,
- सम्भव भएसम्म मक्का मदिनाका विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुमध्येवाट छनौट गरिनेछ ।
नेपालको लागिः
- स्वयमसेवक छनौटका लागि तोकिएको ढांचाको निवेदन
- इस्लाम धर्मावलम्बी भएको
- काठमाण्डौको वस्तुस्थिति, वाटोघाटो, रहनसहन बुझेको,
- अङ्ग्रेजी र उर्दु भाषा जानेको,
- सम्भव भएसम्म काठमाण्डौमा उच्च शिक्षा अध्ययनरत मुस्लिम समुदायका विद्यार्थीहरूमध्येवाट छनौट गरिने
|
- नेपाल हज समितिको सचिवालयबाट प्रकाशित सूचनाअनुसार
|
नेपाल हज समितिको सचिवालयबाट प्रकाशित सूचनामा उल्लेख भएअनुसार
|
नेपाल हज समिति अध्यक्ष तथा
महावाणिज्य दूतावास जेद्धा, साउदी अरव
|
- गृह मन्त्रालय
- नेपाल हज समिति
|
|
|
१०
|
शुल्क रकम फिर्ता
|
हजयात्रामा छनौट नभएका वा छनौट भएपनि विविध कारणले हजयात्रा गर्न नसकेकाको हकमा;
- रकम फिर्ताको लागि जिल्ला प्रशासन कार्यालय वा ईलाका प्रशासन कार्यालयमा निवेदन पेश गर्ने ।
- निवेदकको निवेदन अनुसार रकम फिर्ताका लागि जिल्ला प्रशासन तथा ईलाका प्रशासन कार्यालयबाट निवेदकको बैंकमा रहेको खाता बमोजिम अंग्रेजीमा नाम तथा खाता नं स्पष्ट उल्लेख भएको सिफारिस पत्र नेपाल हज समितिको सचिवालयमा पेश गर्ने । (सिफारिस पत्र नेपाल हज समितिको सचिवालयको ईमेल nepalhaj@gmail.com मार्फत समेत पठाउन सकिनेछ)
- निवेदकको वैक खाताको विवरण(चेकको प्रतिलिपी)
|
नेपाल हज समितिको सचिवालयमा पत्र प्राप्त भएको वढीमा ७ दिन भित्र
|
रकम स्थानान्तरण गर्दा बैंकको नियमानुसार लाग्ने शुल्क
|
- जिल्ला प्रशासन कार्यालयले तोकेको कर्मचारी/शाखा
- नेपाल हज समितिको सचिवालय
|
- प्रमुख जिल्ला अधिकारी/ईलाका प्रशासन प्रमुख
- सदस्य सचिव,नेपाल हज समितिको सचिवालय
|
|
|
आवेदक बाहेक नीजको आफन्त वा हकवालालाई रकम फिर्ता गर्नु पर्नेको हकमा;
- हज यात्रा आवेदकले जम्मा गरेको रकम नीजको आफन्त वा हकवाला व्यक्तिलाई फिर्ता गर्नु परेमा त्यस्तो व्यक्तिलाई रकम फिर्ता गर्नु पर्ने कारण उल्लेख निवेदनका साथ आवश्यक अन्य कागजातहरू जस्तै मन्जुरीनामा/नाताप्रमाणित/मृत्यु दर्ताका कागजात सहित हकवाला किटानी गरी जिल्ला/ईलाका प्रशासन कार्यालयबाट प्राप्त सिफारिस पत्र ।
|
नेपाल हज समितिको सचिवालयमा पत्र प्राप्त भएको वढीमा ७ दिन भित्र
|
रकम स्थानान्तरण गर्दा बैंकको नियमानुसार लाग्ने शुल्क
|
- जिल्ला प्रशासन कार्यालयले तोकेको कर्मचारी/शाखा
- नेपाल हज समितिको सचिवालय
|
- प्रमुख जिल्ला अधिकारी/ईलाका प्रशासन प्रमुख
- सदस्य सचिव,नेपाल हज समितिको सचिवालय
|
|
|
हजयात्रा पश्चात खर्च भई रकम वांकी भएको हकमा;
- नेपाल हज समितिको निर्णयअनुसार खर्च हुन वाँकी रकम एकीन गरी दामासाहीले हाजीको वैक खातामा जम्मा गरिने ।
|
हजयात्रा सम्पन्न प्रतिवेदन अनुसार नेपाल हज समितिको निर्णय भएको एक महिनाभित्र
|
रकम स्थानान्तरण गर्दा बैंकको नियमानुसार लाग्ने शुल्क
|
|
- सदस्य सचिव,नेपाल हज समितिको सचिवालय
|
|